संसद पुनःस्थापना हुने प्रधानमन्त्रीकै वकिलले गरे संकेत - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

संसद पुनःस्थापना हुने प्रधानमन्त्रीकै वकिलले गरे संकेत



काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजालासमा लगातार बहस भैरहेको छ । निवेदक पक्षले प्रारम्भिक बहस सरकारी अधिवक्ताहरूले बहस हरेका थिए । अहिले सरकारी अधिवक्ताहरूको पनि बहस सकिएर प्रधानमन्त्री ओलीका निजि वकिलले नहस गरिरहेका छन् ।

बुधबार इजलासमा बहस गर्न उत्रेका प्रधानमन्त्री ओली तर्फका वरिष्ठ अधिवक्ताले नै संसद पुनर्स्थापना हुने संकेत गरेका छन् । वरिष्ठ अधिवक्ता सुशील पन्तले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने चारवटा रिटमा इजलासले गम्भीर विमर्श गर्नुपर्ने बताएका छन् ।

वरिष्ठ अधिवक्ता पन्तले ओलीलाई प्रधानमन्त्री बनाइयोस् भन्दै परेका चार रिट अहिले छुटाइएको भन्दै चासो व्यक्त गरे । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबार इजलासमा प्रधानमन्त्री ओलीका तर्फबाट बहस गरेका उनले ‘ओलीलाई प्रधानमन्त्री बनाइयोस् भन्ने माग दाबी भएका रिटमा इजलासले गम्भीर विमर्श गर्ने नै छ’ भनेर वरिष्ठ अधिवक्ता पन्तले प्रतिनिधिसभा पुनःस्थापनाको संकेत गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० रिटमध्ये चार रिटमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा ओलीलाई नै नियुक्त गर्न माग गरिएको छ । तर, ३० मध्ये शेरबहादुर देउवासहितले दायर गरेको रिटलाई मुख्य र सार्वजनिक सरोकारका रिट (पीआईए)लाई लगाउ रिट मान्दै मुख्य रिटको फैसलापछि मात्र त्यसबारे निर्णय हुने गरी थाती राखिएको छ ।

“केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइयोस् भन्ने रिट जो छुटाइएको छ, यो इजलासले त्यसमा गम्भीर विमर्श गर्ने नै छ,” वरिष्ठ अधिवक्ता पन्तले भनेका छन् ।