प्रधानमन्त्रीको कदम स्वागतयोग्य: चन्द्र भण्डारी - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

प्रधानमन्त्रीको कदम स्वागतयोग्य: चन्द्र भण्डारी



काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद विघटन हुनु स्वागतयोग्य कुरा भएको बताएका छन् ।

संसद विघटन भएलगत्तै नेता भण्डारीले नेकपाभित्रको आन्तरिक झगडाका कारण सरकार चल्नै नसक्ने अवस्था भएपछि प्रधानमन्त्री ओलीले जनतालाई जिम्मा दिनु स्वागतयोग्य कुरा भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘कसले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपा लाई पाँच बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन । चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।’