प्रधानमन्त्रीको जानकारी : ३ सय ४३ जना घर फर्किए
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको आँधी हुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी ज्यान गुमाउनेको संख्या २७ जना पुगेकोे र ६०० भन्दा बढी घाइते भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका अनुसार घाइते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किसकेका छन् । घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘बारा र पर्सामा आएको त्रासद आँधी हुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । घाइते हुनु भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किनु भएको छ । तत्काल राहतका लागि सामग्री सहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको छ । घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्नेछैन ।’