प्रधानमन्त्रीलाई अस्पतालले डिस्चार्ज नगर्नुको रहस्य यस्तो छ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

प्रधानमन्त्रीलाई अस्पतालले डिस्चार्ज नगर्नुको रहस्य यस्तो छ



प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपनि अझै केही दिन अस्पतालमै बस्नुपर्ने भएकाले तत्काल काममा फर्कन नसक्ने चिकित्सकहरुले जनाएका छन् ।

त्रिवि शिक्षण अस्पतालले बिहिबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि डिस्चार्ज गर्न नसकिने बताएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंहले रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहे पनि प्रधानमन्त्रीलाई दिइएको औषधीको मात्रा नपुगेकाले अझै केहि दिन अस्पतालमा नै राख्नु पर्ने बताइन ।

‘अहिले नै काममा फर्कने गरि स्वास्थ्य अवस्था तयार भएको छैन, केहि औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकाले प्रधानमन्त्री केहि दिन अस्पतालमा नै बस्नु हुनेछ’, डा सिंहले भनिन् ।

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा.. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् ।