सन्दीपले प्रधानमन्त्री कप नखेल्ने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सन्दीपले प्रधानमन्त्री कप नखेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर स्वदेश फर्कने क्रममा सन्दीपले प्रधानमन्त्री कप नखेल्ने बताएका हुन् । सन्दीपले पीएम कप क्रिकेटको दौरान आफु आराम गर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषद राखेप र नेपालय इन्टरनेशनलको आयोजनामा पीएम कप जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

एकदिवशीय फर्म्याटमा हुने प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समुहमा विभाजना गरेर दिनमा एक खेल खेलाईनेछ । समुहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।