प्रधानमन्त्री ओलीलाई विपक्षी गठबन्धनको कडा चेतावनी - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

प्रधानमन्त्री ओलीलाई विपक्षी गठबन्धनको कडा चेतावनी



काठमाडौँ- विपक्षी गठबन्धनले मुलुकमा दीर्घकालीन असर पर्नेगरी कुनै पनि किसिमको कामकारवाही नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधामन्त्रीका रुपमा आफूहरुले दाबी गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालिन असर पर्ने कुनै पनि किसिमको कामकारवाही गर्न ओलीलाई चेतावनी दिएका छन्।

आइतबार बिहान प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा यस्तो चेतावनी दिइएको छ।

विज्ञप्तिमा संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा आफूहरु विश्वस्त भएको उनीहरुले उल्लेख गरेका छन्।

यस्तो छ गठबन्धनले जारी गरेको विज्ञप्ति