प्रधनमन्त्रीले भने मेरो बुद्धि बंगाराे फुस्कियो - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

प्रधनमन्त्रीले भने मेरो बुद्धि बंगाराे फुस्कियो



काठमाडौं । प्रधानमन्त्री केपी आलीले आफ्नो बुद्धि बंगाराे फुस्किएको बताएका छन् ।

‘हिजो मेरो दाहिने पट्टिको माथिल्लो भागको वुद्धि बंगारो खुस्कियो, शानिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्दको आकस्मिक तथा बहिरंग सेवाको भवनको उद्घाटन गर्दै भने , छामी हेरेँ, बंगाराको जरा पनि छैन । रगत पनि आएको छैन ।’

बंगारा खुस्केपछि हजुरआमालाई सम्झिएँ, ओलीले भन्नुभयो, हजुर आमा १०१ वर्षको हुनुहुन्थ्यो । गाउँदेखि ७ किलो मिटर टाढाको बजार उहाँ एक्लै जानुहुन्थ्यो । उहाँले १०१ वर्षमा पनि मकै भटमास खानु हुन्थ्यो । हजुरआमाले जीवन भर औषधि खानु भएन । सुइ लगाउनु पनि परेन । बिरामी नभइ बित्नुभयो । तर अहिले हाम्रो अवस्था त्यस्तो छैन । औषधि बिना बाँच्नै नसकिने स्थिति छ ।’