भारतलाई प्रधानमन्त्री ओलीको चेतावनी: बुद्ध जन्मस्थलबारे गलत तथ्य छिटो सच्चाउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

भारतलाई प्रधानमन्त्री ओलीको चेतावनी: बुद्ध जन्मस्थलबारे गलत तथ्य छिटो सच्चाउ



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन्।

भारतले आफ्नो पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भन्दै लामो समयदेखि छरिरहेको भ्रमतर्फा संकेत गर्दै प्रधानमन्त्री यस्ता भ्रमात्मक तथ्य सच्चाएर बालबालिकालाई सच्चाई पढाउन सनत आग्रह गरेका छन् । दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा एकसन्देश जारी गर्दै उनले उक्तआग्रह गरका हुन्।

‘यस्ता गलत कुरा नसच्चिएको भन्ने सुनिन आएको छ, आजको वैज्ञानिक तथा सूचनाको युगमा यस्ता त्रुटि कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै पढाउनु वाञ्छनीय हुँदैन,’ उनको सन्देशमा भनिएको छ, ‘त्यसकारण सत्य पढाउने तर्फ, सत्य सिकाउने तर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु।’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्ति तर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण रहेको बताए।

‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिजम, बुद्धवाद, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो,’ उनको सन्देशमा भनिएको छ,’ ‘विभिन्न धार्मिक असहिष्णुता तथा धार्मिक संकीर्णता जस्ता कुराले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए, तर बुद्धका उपदेश, चिन्तन र देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन।’

बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको जनाउँदै उनले जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्किए, त्यहीँबाट बुद्धका चिन्तनको मुहान शुरु भएको बताएका छन्। नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथ्य छर्लंग रहेको भन्दै उनले यी तथ्यसम्म पुर्‍याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपुर्‍याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने सबैप्रति आभारसमेत व्यक्त गरेका छन्।