प्रधानमन्त्रीको भितयनाम भ्रमण – राजपरिवारको युरोप भ्रमणभन्दा महँगो
काठमाडौं (बीबीसी)-प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार भियतनाम र कम्बोडियाका भ्रमणमा क्रममा हनोइ पुगेको छन्।
दक्षिणपूर्वी एसियाली मुलुकहरूमा नेपाली प्रधानमन्त्रीको तहमा हुन लागेको यो पहिलो भ्रमण भएको बताइएको छ।
संसदको प्रतिनिधसभामा मङ्गलवार बोल्दा प्रम ओलीले एक साताका लागि यी दुई देशको औपचारिक भ्रमण गर्ने बताएका थिए।
ओलीले ट्वीटमार्फत ‘परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्न आवश्यक’ रहेको बताएका छन्।
परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्न आवश्यक छ । यही ध्येयका साथ दक्षिण पूर्वी एसियाका भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा निस्किएको छु । आउँदो जेठ १गते बुधवार फर्कने छु ।
— KP Sharma Oli (@PM_Nepal) May 9, 2019
प्रधानमन्त्रीको भ्रमणबारे सामाजिक सञ्जालमा भने मिश्रित खाले प्रतिक्रयाहरू आएका छन्।
खर्च र आकारका बारे टिप्पणी
प्रधानमन्त्रीको भ्रमणको खर्च र भ्रमण टोलीको आकार बारेमा धेरैले टिप्पणी गरेका छन्।
हरिस भट्टले प्रधानमन्त्रीको भ्रमणको खर्च हिसाब गरेर यो पूर्व राजपरिवारको युरोप भ्रमणभन्दा महँगो भएको निष्कर्ष निकालेका छन्।
केपि ओलि "न्यारोबडी बिमान" चार्टर गरी भियतनाम जाने भएछन।
निगमको $११६२० प्रतीघण्टा भडा दरले २२ घण्टाको जहाँज खर्च मात्रै ६ करोड नाघ्ने भो !
राज परिवार यूरोप भ्रमणमा निस्केको भन्दा चर्को गणतन्त्र !— Harish Bhatta ???? (@harish_nepali) May 8, 2019
भ्रमण खर्च बढी भएपनि कम्बोडिया र भियतनामको विकेन्द्रीकरणका ढाँचाबारे सिक्न सके फाइदाजनक हुनसक्ने टिप्पणी गेहेन्द्र गुरुङले ट्विटरमा लेखेका छन्।
प्रधान मन्त्रिको भ्रमनमा खर्च अलि बढि भए पनि केन्द्रबाट पालिकामा कर्माचरि, रकम्, प्रबिधि, अधिकार अदि पठाउने, सारकारि निकायको सेवा सुबिधा पलिका हुन्दै जनतामा पुग्ने जस्ता बिकेन्द्रिकरनका ढान्चाहरु भियत्नाम/कम्बोडिया बात सिकेर आई नेपााललाई लाभ् भयो भने त्यो फाइदाजनक् नै हुनसक्छ ।
— Gehendra Gurung (@gehendra_gurung) May 9, 2019
विदेशी लगानी आकर्षित गर्न सफल मुलुक भियतनामबाट नेपालले पनि सिक्न सक्ने पनि सामाजिक सञ्जालमा चर्चा छ।
भ्रमणको उद्देश्य
भियतनामको भ्रमण सकेर प्रधानमन्त्री ओली सोमवार कम्बोडिया पुग्ने कार्यक्रम रहेको छ।
समाजवादी अर्थतन्त्र अङ्गालेका र कम्युनिष्ट दलको नेतृत्व भएका यी मुलुकसँग द्विपक्षीय सम्बन्ध प्रभावकारी बनाउने भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भियतनाममा हुन लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्रीले नेपालले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार गर्ने पनि बताइएको छ।
भ्रमण उद्देश्यमा प्रश्न
उक्त बौद्धधर्म सम्मेलनकै बारेमा आदर्श विक्रमले ट्विट गरेका छन्।
उनले अन्तर्राष्ट्रिय बौद्धधर्म सम्मेलनमा जान लागेका प्रधानमन्त्रीको भ्रमण टोलीमा कति जना बौद्धधर्मी परेका होलान् भनेर लेखेका छन्।
अन्ताराष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिन भियतनाम जान लागेको ४३ सदस्यीय जम्बो टोलीमा न कुनै लामा छन्, न कुनै भिक्षु । अधिकांश व्यक्ति हिन्दू धार्मिक पृष्ठभूमिका मान्छे छन् । कमसेकम देखाउनकै लागि भए पनि बौद्ध धर्म सम्बन्धी केही ज्ञान भएको मान्छे एक दुई जना राखेको भए राम्रो हुन्थ्यो ।
— आदर्श बिक्रम (@razagriwan) May 8, 2019
प्रधानमन्त्रीको प्रस्थानको समय आधा घन्टा विमानस्थल बन्द हुने जानकारी खिला कार्कीले दिएका छन् भने त्यही कारण नेपालगञ्ज विमानस्थलमा दुई घण्टा बस्नुपरेको केशव पौडेले लेखेका छन्।
Two hours stranded at Nepalgunj Airport due to visit of our PM Oli to Combodia. Jai Holiwine. pic.twitter.com/W4UgT2pqnR
— keshab Prasad Poudel (@keshabpoudel2) May 9, 2019
यसअघि पनि प्रधानमन्त्री र राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूको भ्रमणका बेला सवारी साधनका साथसाथै वायुमार्ग समेत अवरुद्ध हुने गरेको छ जसमा सर्वसाधरणले थुप्रै नकारात्मक प्रतिक्रिया दिने गरेका छन्।
नेपाललाई फाइदा
तर प्रधानमन्त्रीको भ्रमणबाट नेपाललाई फाइदा हुने सुलभ कार्कीको भनाइ छ।
Contrary to some people.. I think it's good for PM Oli to visit Vietnam and Cambodia, two Countries which have achieved high level economic growth despite big civil wars plus they can help in our tourism sector as both are Buddhist majority Countries..
— Sulav Karki ?? (@SulavKarki) May 9, 2019
त्यस्तै प्रधानमन्त्री ओलीले भियतनाम र कम्बोडियाबाट विमानमा समृद्धि ल्याउने व्यङ्ग गर्दै प्रेम ढकालले लेखेका छन्।
समृद्धि त आइ सकिन नि। भियतनाम र कम्बोडियाको भ्रमणमा जेट लिएर ओली उडे पछि नआइकन धर पाइन् र नानीले
— Prem Dhakal (@premdhakal) May 9, 2019
यस्तै प्रधानमन्त्रीलाई शुभ यात्राको शुभकामना दिँदै लुनाले उतै समुन्द्रमा पानीजहाज हेरेर केही समय बस्न सुझाव दिएकी छन्।
bon voyage ??
मिल्छ भने उतै समुन्द्रमा पानीजाहाज कुदाको हेरेर बस्दा पनि हुन्छ दुईचार साल ??? https://t.co/fm4rqUTkkd
— दोस्रो दर्जाकी LUNA (@luni_ba) May 9, 2019