एकाएक प्रधानमन्त्रीको भ्रमणको कार्यक्रम रद्द - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

एकाएक प्रधानमन्त्रीको भ्रमणको कार्यक्रम रद्द



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरी भ्रमण रद्द भएको छ। मौसम खराबीका कारण चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटन कार्यक्रममा जाने कार्यक्रम रद्द गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम रद्द गरिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रद्दपछि उनले आफ्नो लिखित सम्बोधन पठाएको अधिकारीले बताए।

प्रधानमन्त्री अनुपस्थित रहने भएपछि आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट मेलाको उद्घाटन गराउने तयारी गरेको बताइएको छ।