प्लास्टिकको गिलासमा चिया पिउनु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्लास्टिकको गिलासमा चिया पिउनु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक



एजेन्सी । अफिसमा काम गर्दा वा बाहिर गएका बेलामा हामीले धेरै जसो चियापानी पिउन प्लास्टिकका ग्लासको प्रयोग गर्ने गर्छौँ । कतिपय स्थानमा प्लास्टिकको गिलास नै सफा र उपयुक्त लाग्ने भएकाले हामी त्यसको प्रयोग गर्न हिचकिचाउदैनौँ ।

तर के तपाईलाई यसको वास्तविकता थाहा छ ? हामीले पानी वा चियालाई प्लास्टिकको गिलासमा हाल्दा चियापानी गिलासबाट छुट्टिएको जस्तो देखिन्छ । यसको कारण प्लास्टिकका भाँडा बनाउँदा तिनीहरुको सतह ढाक्न प्रयोग हुने मयमजस्ता पदार्थहरु हुन् । यस्तोमा तातो पानी, कफि वा चिया हाल्दा ती मयमजन्य पदार्थहरु पग्लिएर हामीले पिउने पानीमै मिसिन पुग्छन् । त्यसपछि त्यसमा प्रयोग भएका विभिन्न अखाद्य पदार्थहरु पानीका साथै हाम्रो पेटमा पुग्दछन् ।

यसबारे हामी आफैँले पनि पत्ता लगाउन सक्छौँ । यस्ता गिलासहरुको पिँदमा औँला लगेर चारैतिर घुमाउँदा पनि हामीले हाम्रो औँलामा चिप्लो महसुस गर्न सक्छौँ । त्यो नै मयमजन्य पदार्थ हो जुन शरीरका लागि अत्यन्तै हानिकारक हुने गर्छ । त्यसकारण यस्ता प्लास्टिकका गिलासको नियमित प्रयोग गर्ने गर्दा पछि गएर विभिन्न रोग लाग्ने खतरा हुन्छ ।