जहाजभित्र तीन यात्रीलाई एकैपटक हृदयघात - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

जहाजभित्र तीन यात्रीलाई एकैपटक हृदयघात



काठमाडौं- पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जेद्दाबाट इस्लामावाद उडानमा रहेको एक विमानमा एक दम्पतीसहित तीन यात्रीलाई ह्दयाघात भएको बताइएको छ।

तीमध्ये एक महिला यात्रीको मृत्यु भएको छ भने विवाहित जोडीलाई भने बचाइएको छ।

उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पीआईएको विमान उडान पीके–७४२ मा करिब २ सय २५ यात्रु सवार रहेको पाकिस्तान टुडेले जनाएको छ।

आइतबार तीन यात्रीले टाउको दुखेको गुनासो गरेपछि विमानलाई कराँची हवाई अड्डामा आपत्कालीन अवतरण गरिएको थियो।

अस्वस्थ्य यात्रुहरूको उपचारका लागि विमानस्थलमा एम्बुलेन्सको व्यवस्था गरिएको थियो।