अस्ट्रेलियामा विमान दुर्घटना, ६ जनाको मृत्यु - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

अस्ट्रेलियामा विमान दुर्घटना, ६ जनाको मृत्यु



सिड्नी, गलत दिशामा गइरहेको थाहा पाएपछि चालकले अकस्मात मोड्न खोज्दा अस्ट्रेलियामा एक समुन्द्री विमान दुर्घटनामा परेको छ। दुर्घटनामा परि एकै परिवारका ५ ब्रिटिस नागरिक र क्यानेडियन विमान चालक गरि विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ।

विमान आज बिहान उत्तरी अस्ट्रेलियाको हकेस्बरी नदीमा दुर्घटनामा परेको होे। घटनास्थल जेरुसलेम बे, सिड्नीबाट करिब ५० किमीको दुरीमा पर्दछ।

सिड्नी सिप्लेनका फ्लाइट अपरेटरले विमान मोड्ने क्रममा दुर्घटना भएको तथ्य सार्वजनिक गरे पनि प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ। अस्ट्रेलियाको यातायात सुरक्षा कार्यालय(एटीएसबी)ले भनेको छ–‘सिड्नी सिप्लेनको डिएचसी–२ विमानको अघिल्लो भाग नदीमा डुब्नुअगाडि निकै कोल्टे पर्दै दायाँ मोड्न लागेको थियो।’

सिड्नी सिप्लेनका प्रमुख कार्यकारी अरोन साओले जेरुसलेम बेबाट करिव आधा बाटो गलत दिशामा गइसकेको अवस्थामा विमान कसरी दुर्घटनामा पर्यो भन्ने प्रश्न उब्जिएको बताए। उनले भने,‘विमान सो समयमा दुर्घटना भएको स्थानमा रहनुहुँदैनथ्यो।’

दुर्घटनामा एक सय क्याटरिङ कम्पनी चलाइरहेको कम्पास ग्रुपका प्रमुख कार्यकारी रिचार्ड कौसिन, उनकी ४८ वर्षिय श्रीमती एवम् पत्रिका सम्पादक इमा बोडेनको मृत्यु भएको छ।

विमानमा सवार रहेका कौसिन दम्पतीका क्रमशः २३ र २५ वर्षका छोराहरु इडमार्ड र विलियम तथा ११ वर्षिय छोरी हेथरसँगै विमान चालक ४४ वर्षका गरेथ मोर्गनको पनि मृत्यु भएको सिड्नी सिप्लेनले जनाएको छ।