ग्राण्डी अस्पतालमा हेलिकप्टर दुर्घटना
काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त बनेको छ । शनिबार अस्पतालमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । पोखरेलले बताए ‘ल्याण्ड गर्ने क्रममा माथिल्लो तल्लाबाट तल्लो तल्लामा खसेको खबर आएको छ । विरामीको उद्दार भइसकेको छ । हेलिकप्टरलाई भने निकाल्न सकिएको छैन ।’
विमानमा पाइलट मात्र भएको र विमानको पखेटामा क्षति पुगेको जानकारी अस्पतालले दिएको छ ।