BREAKING ! त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना
सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
तर जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठुलो टोली विमानस्थलको धावनमार्गमा आगो निभाउन परिचालित भएको छ । यात्रुसहितको विमान दुर्घटनामा परेकाले हताहती हुन सक्ने अनुमान गरिएको छ ।
विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको बताइएको छ ।
विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।
उद्दार कार्य जारी छ ।
थप विवरण आउन बाँकी छ ।