अब पोखराबाट भैरहवा र भरतपुर दैनिक उडान हुने - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

अब पोखराबाट भैरहवा र भरतपुर दैनिक उडान हुने



काठमाडौं । अब पोखराबाट भैरहवा र भरतपुरमा उडान हुने भएको छ । यती एअरलाइन्सले आफ्नो ३० सिट क्षमता युक्त ‘जेटस्ट्रिम-४१’ विमानमार्फत यो सेवा उपलब्ध हुने भएको हो ।

साउन १६ गतेबाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्न लागेको हो । त्यसैगरी, पोखराबाटै भरतपुरको उडान भादौ १५ गतेबाट दैनिक सेवा दिने छ ।

अब काठमाडौं-पोखरा-भरतपुरको ‘गोल्डेन ट्रयांगल’मा यती एअरलाइन्सको हवाइ सम्पर्क स्थापित भएको छ । यती एअरलाइन्सले कम भाडा दरमा मात्र २० मिनेटको उडानमार्फत पोखरा र भैरहवालाई पनि जोड्ने छ ।

यति एअरलाइन्सले नेपालगञ्जमा पनि पोखराबाट चार्टरमा फ्लाइट गर्ने बताइएको छ ।