हिजो ओलीको हातबाट टिका लगाएका गाउँपालिकाका अध्यक्ष आज माओवादीमै फर्किए
काठमाडौं- हिजो मात्रै नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी आज फेरि माओवादी केन्द्रमै फर्किएका छन् ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका डल्लाकोटीले आज माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार गएर माओवादीमै फर्किएको घोषणा गरेका छन् ।
२०७४ सालको चुनावमा माओवादीबाट चुनाव जितेका डल्लाकोटीले आफूले आवेगमा एमाले प्रवेश गर्ने निर्णय लिएको तर आज पछुतो मान्दै निर्णय फिर्ता लिएर माओवादीमै रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशका सदस्यसमेत रहेका डल्लाकोटीले आत्मालोचनासहित अब फेरि माओवादीमै क्रियाशिल हुने बताएका छन् ।