महन्थ ठाकुरको ठाउँ नेकपाको कब्जामा
जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् ।
उनी समाजवादी पार्टीका रामजानकी यादवसँग २०७ मतान्तरले विजयी भएका हुन् । मतणना सुरुभएदेखि नै लामो समयसम्म अगुवाइ गरिरहेको राजपा समाजवादी पार्टीसँग ५५ मतले पछि परेको छ ।
१८ हजार ५८८ मतदाता रहेको पिपरा गाउँपालिकामा १२ हजार ६०६ मतदान भएको थियो । नेकपाका चौधरीले ३ हजार २४९, समाजवादी पार्टीका यादवले ३ हजार ४१ र राजपाकी रविता चौधरीले २ हजार ९८४ मत प्राप्त गरेका छन् । कांग्रेसका विजय यादवले १ हजार ९३५ मत पाएका छन् ।