पिपलधारा चौतारीद्वारा सार्वजनिक मंच उद्घाटन तथा सम्मान कार्यक्रम हुने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पिपलधारा चौतारीद्वारा सार्वजनिक मंच उद्घाटन तथा सम्मान कार्यक्रम हुने



हिमाल पोस्ट /गुल्मी ,२४

सामाजिक तथा परोपकारि क्षेत्रमा लामो समय देखि विभिन्न कार्यक्रम गर्दै आएको  पिपलधारा चौतारी  सम्पर्क समिति विश्व  संजाल गुल्मीद्वारा संयुक्त लगानीमा निर्मित सार्वजनिक मंच उद्घाटन कार्यक्रम  असोज २५  गते बुधवार  गर्ने भएको छ ।

सोहि अवसरमा सस्थाले पिपलधारा वडा भित्र रहेका दुई माध्यमिक विद्यालयका २०७४ को  SEE परीक्षामा उत्कृष्ट विद्यार्थीहरूलाई नगद तथा पुरस्कारबाट सम्मानका  साथै  गत स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधि सम्मान पनि  गर्ने सस्थाका केन्द्रीय सहसचिब मेहर सिंह बस्नेतले हिमाल पोस्टलाई जनाकारी दिएका छन्   ।

उक्त समारोहमा राष्ट्रिय ख्याति प्राप्त कलाकार  रामकुमार विष्ट, असिम महत , बसन्ती थापा मगर र अन्य स्थानीय कलाकारको प्रस्तुति रहेने बताईएको छ  ।

सो मंच नेपाल सरकारको तर्फबाट ३३% तथा संस्थाको तर्फबाट अन्य बाँकी लागत  गरि जम्मा ११ लाखमा सम्पन्न  गरिएको हो  ।

स्थान :धुर्कोट गाउपालिका वाड न २  पिपलधारा बजार
मिति- २०७४/ अाश्विन २५
समय – बिहान ११ बजे