पिपलधारा चौतारी विश्व सञ्जाल गुल्मीले गर्यो भिरबाट लडेर घाइते भएकी महिलालाई आर्थिक सहयोग - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

पिपलधारा चौतारी विश्व सञ्जाल गुल्मीले गर्यो भिरबाट लडेर घाइते भएकी महिलालाई आर्थिक सहयोग



गुल्मी :गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारामा रहेको पिपलधारा चौतारी  विश्व सञ्जाल गुल्मीले भिरबाट लडेर घाइते भएकी एक जना एकल महिलालाई आर्थिक सहयोग गरेको छ ।

जिल्लाको वडा नम्बर २ धुर्कोट गाउँपालिका कि ३३ वर्षीय एकल महिला सरिता जिसीलाई रु २०००० (बिस हजार) सहयोग प्रदान गरिएको हो।  गत मंगसिर १३ गते घाँस काट्न गएको बेला भिरबाट लडेर घाइते भएकी उक्त महिलालाई आर्थिक अवस्था कम्जोर भएको भन्दै सञ्जालले सहयोग गरेको हो ।

पीडित महिलालाई एक कार्यक्रमका बिच संस्थाका स्थानीय समिति सचिव नरेन्द्र  थापाले उनकै घरमा पुगेर उक्त सहयोग रकम प्रदान गरेका थिए ।

२०७१ सालमा स्थापना भएको संस्थाले पिपलधरामा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान ,पिपलधारा बजारमा मञ्च निर्माण ,ठाउँ ठाउँमा जनचेतनामूलक होडिंग बोर्ड निर्माण ,आगलागी पीडित,बाढी पहिरो तथा निमुखा परिवारलाई राहत रकम वितरण गर्दै आएको छ ।