विदेशमा भएका पतिले एउटा प्रश्न गर्दा पत्नीले आत्महत्या गरेपछि... - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

विदेशमा भएका पतिले एउटा प्रश्न गर्दा पत्नीले आत्महत्या गरेपछि…



घटना त्यही चितवनको हो।

राजधानीसँगै जोडिएको एउटा गाउँ छ, धादिङको छेपाङ।

त्यहीँको एउटा परिवारका सदस्य रवि रने सेढाइँ। उनी केही वर्ष अघि मलेसिया गएका थिए।

पत्नीले नारायणीको तीरमा विष पिएर आत्महत्या गरिन्।

अहिले रवि रने भरतपुर कारागारमा कैदी छन्।

मुद्दा हो, आत्महत्या दुरुत्साहनको। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

रविले मलेसियाबाट मेहनतको मूल्य पत्नीलाई पठाइरहे। तर, फर्किएर आउँदा रित्तै।

आमाबाबुले पो खर्च गर्थे कि भनेर चितवन भण्डारामा पिप्लेमा गएर सोधिखोजी गरे।

आफूले पठाएको रकमबारे पत्नीलाई सोधे, खोजे, जबाफ पाएनन्।

अर्को सूचना आइलाग्यो। अनि फेरि पत्नीलाई सोधे, ‘म विदेशमा हुँदा तिमी त पिल्स खान्थ्यौ रे नि नानु?’ त्यही कुराले पीडा भएर नारायणीको तीरमा पत्नीले आत्महत्या गरिन्।

कुरा सामान्य हो, पतिले पत्नीलाई मनमा लागेको आशंका सोध्नु।

उनलाई मर्न जाऊ भनेको त होइन। तर, रवि चैतदेखि आत्महत्या दुरुत्साहन मुद्दाको पुर्पक्षअन्तर्गत कारागारमा छन्।