पिडित चौधरीको सहयोगको लागि हारगुहार  - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

पिडित चौधरीको सहयोगको लागि हारगुहार 



मंगल बास्कोटे
लम्कि ,कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नं.४ बलियाका मान बहादुर चौधरी बिगत ४ दिन देखि २ वटा छोरा छोरी र श्रीमतिलाई उपचार गराउनको लागी बाँकेको भेरी अञ्चलन अस्पतालमा छन । यहि फागुन २५ गतेका दिन सुनियोजित ढंगबाट ज्यान मार्ने हेतुले राती करिब साडे ११ बजे तिर मान बहादुरको पसल (खोका) मा अज्ञात समुहले पेट्रोल छर्केर आगो लागएका थिए ।

खोका भित्र मान बहादुरकी ३२ बर्षिया श्रीमति सन्तोसी चौधरी,ढाई बर्षिया छोरा नेत्र बिक्रम चौधरी र ९ बर्षिया चौधरी छोरी सुति रहेका थिए । बाहिरबाट पेट्रोल छर्केर आगो लगाउदा सुतिरहेका तिनै जनाको शरिरमा पनि आगो लागेको थियो । आगोले मान बहादुरको  श्रीमति सन्तोसीको अनुहार ,खुट्टा र स्थन जलेको छ । छोरा छोरीको खुट्टा जलेको छ । शरिरका बिभिन्न भाग जलेर सन्तोसीको अवस्था गम्भिर रहेको छ । स्थन जलेर ठुलो घाउ बनेको हुदा ढाई बर्षिया छोरो दुध खान नपाएर भोकले काकाकुल भएको मान बहादुरले दुखेसो गर्नु भएको छ ।

पत्रकार बास्कोटे संग कुराकानी गर्दै मान बहादुरले भन्नु भयो ,” राती साडे ११ बजीसकेको थियो  श्रीमति छोराछोरीहरु खोकामा सुत्न गए ,म एउटा बाख्रा पालेको छु त्यही खाट लगाएर सुते र अलि पछि कतै बाट आवाज आए जस्तो लाग्यो ,हेर्दा त छोराछोरी र श्रीमति कराई रहेका थिए । हत्तन पत्त गर्दै खोका नजिक जादा आगो लागेको रहेछ । एता उता हेर्दा मोटरसाईकलमा दुई जना भाग्दै गरेको देखे तर चाहेर पनि उनिहरुलाई समात्न सकिन । यदि उनिहरुलाई समात्न जान्थे भने श्रीमति छोराछोरी खोका भित्र जलेर खरानी हुन्थे । ढोका फोरेर उनिहरुलाई बाहिर निकाल्दा अवस्था छेदबिक्षत भईसकेको थियो” ।

राती नै लाल रत्न अस्पतालमा सामान्य उपचार गराएर भेरी अञ्चल अस्पताल लगिएको प्रहरीले बताएको छ । घटना लगत्त ईलाका प्रहरी कार्यालय मोतिपुर बाट प्रहरीहरु पनि त्यहा गएका थिए । प्रहरीमा दोषिलाई चाँडो भन्दा चाँडो पक्रेर कानुनि दायरमा ल्यानको लागी उजुरी समेत दिएका छन । तर, अव घट्ना भएको ५ दिन भई सक्दा पनि प्रहरीले कुनै प्रतिक्रिया नदिदा उनि निकै रिास भएका छन । यस्तो गम्भिर ज्यान मार्ने प्रकृतिको मुद्धामा ईलाका प्रहरी कार्यलय मोतिपुर गम्भिर नभएको बताउनु भएको छ । उता ईलाका प्रहरी कार्यलय लम्कीमा प्रमुख नैन सिह साँउदले यहि घटनाको दोषि पहिचानको लागी अनुसान्धनमै लागेको बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएका मान बहादुर अहिले श्रीमति र छोरो छोरीकोको उपचारको लागी सहयोगको याचना गरिराख्नु भएको छ ।