डिजेल, पेट्रोलको मूल्य फेरी बढाउने तयारी ! - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

डिजेल, पेट्रोलको मूल्य फेरी बढाउने तयारी !



काठमाडौं – बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ ।

पेटोलियम पदार्थमा मूल्यवृद्धि हुँदा समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

अन्तरष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकाले लाग्दै गएको छ । तर, निगमले यसअघि इन्धनको मूल्य ओरालो लाग्दा अत्याधिक नाफा कमाएको र सो नाफाबाट मूल्य स्थिरीकरण कोषको अवधारणा अघि सारेको थियो ।

तर, अहिले कच्चा तेलको मूल्यमा सामान्य वृद्धि हुँदासमेत उपभोक्तामा त्रास फैलाउनेगरी मूल्य बढाउन निगम लागिपरेको देखिन्छ ।