फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य !



काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।

आज बेलुका १२ बजेपछि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टीतेलको २/२ रुपैयाँ मूल्य बृद्धि गरेको हो।

बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टीतेलको ९५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

त्यस्तै हवाई इन्धनको पनि मूल्य बृद्धि भएको छ। यसअघि एक सय रुपैयाँ प्रतिलिटर रहेकोमा अब एक सय ४ रुपैयाँ ५ पैसा पुगेको छ।
बाह्य उडानका लागि १.०७५ डलर प्रतिलिटरबाठ १.१२५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

गत वर्षको यही अवधिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य  अन्तराष्ट्रिय बजारमा ७० प्रतिशतले बृद्धि भएको निगमद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

स्वचालिक मूल्य प्रणालीअनुसार इन्डियल आयल कर्पाेरेशनले मूल्यबृद्धि गरेकाले मुल्य समायोजन गरिएको निमगले जनाएको छ।

अन्तराष्ट्रिय मूल्य अनुसार निगमले १५ /१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ।