सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढायो
काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढाएको छ ।
मंगलबार मध्यरातीबाट लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकैपटक अत्यधिक बढाएको हो ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य ४ रुपैयाँ ७७ पैसा, डिजेलको मूल्य ५ रुपैयाँ ८८ पैसा र हवाइ इन्धनमा ६ रुपैयाँ ६ पैसा बढाएको हो।