पेट्रोल र डिजेलको मूल्य घट्यो - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

पेट्रोल र डिजेलको मूल्य घट्यो



काठमाडौं- सोमबारदेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ । सरकारले नेपालमा बिक्री हुने सबै प्रकारको पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावट भइरहेको तथा भारतको रिफाइण्ड तेलको मूल्यमा समेत केही गिरावट आएकोले नेपाल सरकारले पनि मूल्य समायोजनको तयारी गरेको हो।

कोरोना भाइरसको कारण कच्चा तेलको मूल्यमा गिरावट आइरहेको बेला भारतमा पनि पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटिरहेको छ।

शनिबार भारत सरकारले पेट्रोलमा अन्तःशुल्क कर ३ भारुले बढाएको थियो। यसका बाबजुद पेट्रोल र डिजेल मूल्य भने घटिरहेको छ।

गत हप्ता २९ वर्षयताकै उच्च दरमा घटेको कच्चा तेलको मूल्य आइतबार केही बढेको छ। बीबीसीका अनुसार ब्रेन्ट क्रुड १.९० प्रतिशतले बढेर ३३.८५ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको छ।