पेट्रोलको मूल्यमा भारी गिरावट - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

पेट्रोलको मूल्यमा भारी गिरावट



गएको एक महिनामा भित्र मात्र अमेरिकामा पेट्रोलको मूल्यमा झन्डै ३० प्रतिशत गिरावट आएको छ। टेक्सस लगायत अमेरिकाका २४ राज्यहरूमा पेट्रोलको मूल्य प्रति ग्यालन दुई अमेरिकी डलर भन्दा कम छ।

एक ग्यालन बराबर ३.७८ लिटर हुन्छ ।

कच्चा तेलको उत्पादनमा अमेरिकाले वृद्धि गरे पछि बजारमा उपलब्ध पेट्रोलको मूल्यमा गिरावट आएको हो। गत महिनाको तुलनामा पेट्रोलको मूल्य झन्डै ४० सेन्ट्स प्रति ग्यालनले कम भएको छ।

टेक्सस, फ्लोरिडा, न्यु योर्क, भर्जिनिया लगायतका विभिन्न २४ राज्यहरूका पेट्रोल पम्पमा तेलको मूल्य प्रति ग्यालेन २ अमेरिकी डलर तल झरेको तथ्याङ्कले देखाउँछ। ग्यासबडी डट कमका अनुसार २ डलर भन्दा कम मूल्य रहेका राज्यहरू निम्नबमोजिम छन् :अमेरिकनहरूको प्रमुख चाड क्रिश्मशको पूर्व सन्ध्यामा आएको गिरावटले करोडौँ अमेरिकीहरूलाई सहयोग हुने भएको छ। वर्षमा सबै भन्दा बढी अमेरिकनहरूले क्रिश्मशको समयमा यात्रा गर्दछन्। अमेरिकन अटो मोबाइल एसोसिएसन (एएए) का अनुसार यो वर्षको क्रिश्मसमा झन्डै १०० मिलियन भन्दा बढी अमेरिकनहरू आफ्नै सवारी साधनमा यात्रा गर्ने छन्।

तेल उत्पादनमा अग्र स्थानमा रहेका मुलुकहरुहरुको संस्था ओपेकको आगामी ६ डिसेम्बरमा बस्न लागेको बैठकमा तेलको उत्पादनका कटौती गर्न सक्ने सम्भावना छ तर पनि अमेरिकी कम्पनीहरूले मुलुक भित्र नै कच्चा तेलको उत्पादन बढाउँदै लगेका कारण तेलको मूल्य थप घट्न सक्ने आकलन अर्थविदहरुले गरेका छन्।