एकैदिनमा ह्वात्तै घट्यो इन्धनको मूल्य - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

एकैदिनमा ह्वात्तै घट्यो इन्धनको मूल्य



काठमाडौं- इन्धनको मूल्य दिनानुदिन बढिरहेको बेला एकाएक मूल्यमा उच्च गिरावट आएको छ ।विश्व बजारमा कच्चा तेलको भाउ एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको हो।

कोरोना भाइरसको नयाँ भेरियन्टबारे बढेको आशंकाको कारण शुक्रबार विश्व बजारमा ब्रेन्ट कच्चा तेलको भाउ १०.७ प्रतिशत घटेर प्रतिब्यारेल ७३.४५ डलरमा आइपुगेको छ।

विशेषगरी युरोपेली र एसियाका केही मुलुकले नयाँ भेरियन्टबारे चासो व्यक्त गर्दै भ्रमणमा प्रतिबन्ध लगाएसँगै तेलको भाउ घट्न पुगेको हो। ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्ट केही अफ्रिकी मुलुकमा फैलिएको छ।

त्यस्तै शुक्रबार अमेरिकी कच्चा तेलको भाउ पनि ११.६ प्रतिशतले घटेर प्रतिब्यारेल ६९.२७ डलरमा आइपुगेको छ। सन् २०२० को अप्रिलमा विश्वव्यापी अर्थतन्त्र र भ्रमणका लगाइएको प्रतिबन्धयता पहिलोपटक तेलको भाउमा एकैदिन यति ठूलो गिरावट देखिएको हो।

यसअघि तेलको भाउ निरन्तर बढेसँगै अमेरिका तथा विश्वभरका अन्य ठूला प्रयोगकर्ताले तेल उत्पादन मुलुकलाई उत्पादन बढाउन आग्रह गरेका थिए। केही मुलुकले आफ्नो सञ्चित कच्चा तेलको प्रयोग गर्दै तेलको आपूर्ति सहज गर्ने प्रयास गरेका थिए।