फेरि बढ्यो पेट्रोलको मूल्य - Himal Post Himal Post
  • ७ चैत्र २०८१, शुक्रबार
  •      Fri Mar 21 2025
Logo

फेरि बढ्यो पेट्रोलको मूल्य



काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

‘मूल्य हेरफेर भएर आएकाले पेट्रोलको साबिक खुद्रा मूल्यमा २ रुपैयाँ बढाउने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुन्छ ।’

नयाँ मूल्य सूचीअनुसार काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र)को लागि पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ पर्नेछ ।

यस्तै, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको निगमले जनाएको छ ।