पेट्रोल–डिजेलको मूल्य घट्यो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पेट्रोल–डिजेलको मूल्य घट्यो



काठमाडौं । पछिल्लो एक महिना यता भारतमा पेट्रोल डिजेलको मूल्यमा भारी गिरावट आएको छ । डिजेलमा एक महिना यता ४.६७ रुपैयाँ प्रतिलिटर कम मूल्य भएको छ ।

अघिल्लो १५ दिनयता पेट्रोलमा ४.५ रुपैयाँ कम भएको छ । शुक्रबार मात्रै दिल्लीमा पेट्रोलको मूल्य १५ पैसा सस्तो भएको छ ।

भारतमा पेट्रोल र डिजेलको मूल्यमा लगातार ओरालो लागेको छ । शुक्रबार पेट्रोल पेट्रोलको मूल्य प्रतिलिटर ७९ रुपैयाँ ०६ पैसा र डिजेलको प्रतिलिटर ७२ रुपैयाँ ७४ पैसा कायम भएको छ । आर्थिक राजधानी मुम्बईमा पनि पेट्रोल र डिजेलको मूल्य घटेको छ ।

त्यहाँ पेट्रोलमा १५ र डिजेलमा १६ पैसा घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ८३ रुपैयाँ ५७ पैसा र डिजेलको प्रतिलिटर ७६ रुपैयाँ २२ पैसा कायम भएको छ ।