पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मुल्य बढ्यो, कसको कति ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मुल्य बढ्यो, कसको कति ?



काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

नयाँ मूल्य आजै मध्यराति १२ बजे देखि नै लागु हुने छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको छ ।