पेस्तोलसहित बझाङमा एकजना पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पेस्तोलसहित बझाङमा एकजना पक्राउ



बझाङ । बझाङ जिल्लाको थलारा गाँउपालिकामा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

बझाङ जिल्लाको थलारा गाँउपालिका वडा नँ ६ पिखेत नुवाघरका ५६ वर्षीय प्यारु मिजार पेस्तोलसहित आइतबार पक्राउ परेका हुन् ।

घरमा पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय थलारा र जिल्ला प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल फेला परेको हो ।

पेस्तोलसहित पक्राउ परेको मिजारबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।