पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक



काठमाडौं, १४ फागुन ।

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रुपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको खबर आजको नागरिकमा छ ।

गृह र रक्षा मन्त्रालयका सचिवसँग बिहीबार छलफलपछि आयोगले गृहलाई पत्राचार पर्दै निर्वाचन सुरक्षाका लागि व्यक्तिले हातहतियार लिएर हिड्न नपाउने गरी नियन्त्रण व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

व्यक्तिगत रुपमा हातहतियार लिएर हिड्दा स्वच्छ र निष्पक्ष निर्वाचन प्रभावित पार्ने भन्दै आयोगले हातहतियार बोकेर हिड्न रोक लगाउन गृहलाई निर्देशन दिएको हो ।