पेशागत मर्यादाको ख्याल राख्न कर्मचारीलाई श्रम मन्त्रीको निर्देशन - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

पेशागत मर्यादाको ख्याल राख्न कर्मचारीलाई श्रम मन्त्रीको निर्देशन



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सार्वजनिक संस्थानलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीलाई कडा निर्देशन दिनु भएको छ ।

मन्त्री बिष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन कर्मचारीलाई सचेत गराउनु भयो । सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३० औं स्थापना दिवसमा बिहिबार आयोजित कार्यक्रममा उहाँले सार्वजनिक संस्थानलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न सम्बन्धित निकायका कर्मचारीको ध्यानाकर्षण गराउनु भयो ।

मन्त्री बिष्टले कर्मचारीको तलवसहितको सेवा, सुविधा वृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।