पेरुमा ८ म्याग्निच्युडको भूकम्प - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

पेरुमा ८ म्याग्निच्युडको भूकम्प



काठमाडौं -पेरुमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्भेका अनुसार पेरुको उत्तर–मध्य क्षेत्र केन्द्रविन्दु भएर ८ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था एपीले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान पौने तीन बजेतिर भूकम्प गएको हो । भूकम्पको गहिराई ११४ किलोमिटर रहेका जनाइएको छ ।

जमिनको तहबाट कम गहिराई केन्द्र रहेर गएको भूकम्पका कारण बढि क्षति हुन्छ । भूकम्पका कारण के–कति क्षति भयो भन्ने विवरण आएको छैन ।