पेरू बाहिरियो, फ्रान्स नकआउट चरणमा, एमबाप्पेले बनाए रेकर्ड - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पेरू बाहिरियो, फ्रान्स नकआउट चरणमा, एमबाप्पेले बनाए रेकर्ड



सन् १९९८ को विश्व विजेता फ्रान्स रूसमा जारी २१औं फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

बिहिबार भएको समूह चरणको दोस्रो खेलमा पेरूलाई १-० ले हराउँदै फ्रान्स एक खेल अगावै नकआउट चरणमा पुगेको हो।

एकाटेरीङवर्ग एरिनामा फ्रान्सलाई जिताउन केलीयन एमबाप्पेले निर्णायक गोल गरे। उनले खेलको ३४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अन्तिम १६ मा पुर्‍याए। उनी सबैभन्दा कान्छो उमेरमा विश्वकपमा गोल गर्ने खेलाडीसमेत हुन्।

यो जितसँगै फ्रान्सले एक खेल अगाबै अन्तिम १६ मा स्थान बनाएको हो । फ्रान्स अन्तिम १६ मा पुग्ने तेस्रो टोली हो । फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई २ – १ ले हराएको थियो । अब फ्रान्सले अन्तिम खेलमा डेनमार्कसँग खेल्ने छ ।

फ्रान्ससँगको यो हारसंगै पेरु प्रतियोगिताबाट बाहिरीएको छ । पेरु पहिलो खेलमा डेनमार्कसँग १ – ० ले हारेको थियो । अब पेरुले अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्ने छ ।

यो निर्णायक गोलसंगै एमबाप्पेले सबै भन्दा सानो उमेरमा गोल गर्ने विश्वकप २०१८ को खेलाडीको रेकर्ड बनाएका छन् ।