अब पेरिसडाँडामा नेकपाको बैठक नबस्ने

काठमाडौं- आइतबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सोमबार पनि सोही ठाउँमा बैठक बस्ने निर्णय गरेको थियो ।
तर, इतिहासमै पहिलो पटक नेकपाको बैठक पेरिसडाँडामा आइतबार बसेको थियो । अब भने जारी सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ।
आजका लागि तोकिएको सचिवालय बैठक स्थगित भएको छ । सोमबार १ बजेका लागि बोलाइएको बैठक मंगलबार १२ः३० बजेका लागि सारिएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार मंगलबार बस्ने बैठक भने प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
नेकपाका अधिकांश पार्टी बैठकहरु बालुवाटारमै हुँदै आएका थिए । पार्टी एकता भएपछि आइतबार पहिलो पटक पूर्वमाओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पार्टी बैठक बसेको हो ।

