रोनाल्डोले पेनाल्टी गोल गर्न नसक्दा पनि बन्यो किर्तिमान - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

रोनाल्डोले पेनाल्टी गोल गर्न नसक्दा पनि बन्यो किर्तिमान



एजेन्सी । यो विश्वकप रेफ्री र भिडियो एसिस्ट रेफ्रीहरुका लागि निकै व्यस्त बनिरहेको छ । र, उनीहरुले विश्व फुटबलमा नयाँ कोशेढुंगा पार गरेका छन् ।

सन् २०१८ को रसियामा भइरहेको विश्वकपमा पेनाल्टीको वर्षा नै भइरहेको छ । यो दर प्रत्येक दुई खेलमा एकभन्दा बढीको रहेको छ ।

यसले समूह चरणको खेल सकिँदा नसकिँदै नयाँ इतिहास बनेको छ ।

सोमबार समूह ए को खेलमा ४५ वर्षीय इजिप्टका गोलकिपर एसाम एल हादरीले साउदी अरेबियाका फहाद अल मुवालादको पेनाल्टी प्रहारलाई बचाऊ गरे ।

केही मिनेटपछि नै साउदी अरेबियालाई दोस्रो पेनाल्टी दिइयो । यसपटक सलमान अल फराजले त्यसलाई गोलमा परिणत गरे ।

त्यो यो विश्वकपको १८ औँ पेनाल्टी थियो । योसँगै एउटा विश्वकपमा भएको सबैभन्दा पेनाल्टीको किर्तिमान बराबरी भयो । जबकि प्रतियोगिता आधा पनि सकिएको छैन ।

त्यसको केही घण्टापछि समूह बीको इरानबिरुद्ध फिनालेमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अर्को पेनाल्टी पाए । यो विश्वकपको १९ औँ पेनाल्टी थियो । जसले नयाँ किर्तिमान बनाउन सफल रह्यो ।

यद्यपि, उक्त गोललाई रोनाल्डोले गोलमा परिणत भने गर्न सकेनन् । इरानका गोलकिपर अली बेइरनाभान्डले रोनाल्डोलाई प्रतियोगिताको पाँचौ गोल गर्नबाट बञ्चित गरे ।

हालसम्म प्रहार गरिएका १९ मध्ये १४ वटा गोलमा परिणत भएका छन् । ह्यारी केन र माइल जेडिनाकले दुई–दुई वटा पेनाल्टीलाई गोलमा परिणत गरेका छन् ।

यसमध्ये आठवटा निर्णय भिडियो एसिस्टेन्ट रेफ्रीसँगको छलफल पछि लिइएको छ ।