जब पेलेलाई भेट्न नेइमार अस्पताल पुगे - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

जब पेलेलाई भेट्न नेइमार अस्पताल पुगे



एजेन्सी – ब्राजिलियन महान फुटबलर पेले एक सातादेखि अस्पतालमा छन् । मुत्र नलीमा समस्या आएपछि फ्रान्सको पेरिसस्थित अमेरिकन अस्पतालमा उपचार गराई रहेका पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । यसै क्रममा ब्राजिलका युवा स्टार नेइमार जुनियर पेलेको स्वास्थ्य अवस्था बुझ्न सोमबार अस्पताल पुगेका छन् ।

७८ वर्षीय पेले रोग निको नहुँदै अस्पतालबाट डिस्चार्ज हुन लागेपछि नेइमारले केही समय अस्पतालमै बस्न आग्रह गरेका थिए । नेइमारले पेलेलाई रोक्न सफल भएको समाचार बाहिर आएको छ । नेइमारले पेलेसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । खुट्टाको चोटका कारण आराम गरिरहेका नेइमार यसै साताबाट पेरिस सेन्ट जर्मन (पीएसजी)को प्रशिक्षणमा फर्कने छन् ।

पेलेलाई अघिल्लो साता फ्रान्सका अर्का स्टार केलियन एमबाप्पेले पनि भेटेका थिए । एमबाप्पेसँगको भेटमा पेलेले आफ्नो समस्यामा बिस्तारै सुधार हुँदै गएको बताएका थिए । नेइमारसँगको भेटमा पेलेले आफूलाई ठीक भएको र छिट्टै नियमित काममा फर्कने बताएका छन् । पेलेले उपचारमा संलग्न सबै चिकित्सकलाई धन्यवाद पनि दिएका छन् ।