पेलेले गरे एमबाप्पेको यस्तो भविष्यबाणी - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

पेलेले गरे एमबाप्पेको यस्तो भविष्यबाणी



एजेन्सी । विश्व फुटबलका लिजेण्ड पेलेले फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले करियरमा १ हजार गोल पुरा गर्ने बताएका छन् ।

फ्रान्समा भएको एक कार्यक्रममा ब्राजिलियन लिजेण्ड पेलेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर एमबाप्पेले एक हजार गोलको सफलता हात पार्ने बताए ।

‘यो सम्भव छ । मैले १०२५ गोल गरेको छु ।  त्यसैले १००० हजार गोल उनको लागि सम्भव छ,’ ७८ वर्षीय पेलेले हुब्लोट घडीले आयोजना गरेको कार्यक्रममा भने । हुब्लोट घडी एमबाप्पेको मुख्य प्रायोजक समेत हो ।

तीन पटकको विश्वकप विजेता पेलेले आफ्नो करियरमा १ हजार २५ गोल गरेका छन् । तर, एमबाप्पेले अहिलेसम्म मात्र १०३ गोल गरेका छन् ।

पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले ब्राजिललाई सन् १९६८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए ।

एमबाप्पेले भने गत वर्षको विश्वकप जितेका थिए । र, एमबाप्पे पेलेपछि विश्वकप जित्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् ।

एमबाप्पेले यस सिजन सबैखाले प्रतियोगितामा ३२ गोल गरेका छन् ।