पेले अस्वस्थ : अस्पताल भर्ना - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पेले अस्वस्थ : अस्पताल भर्ना



एजेन्सी– विश्व फुटबलका बादशाह मानिने ब्राजिलियन फुटबलर पेले अस्पताल भर्ना भएका छन् । पिसाब नलिमा समस्या देखिएपछि पेले बुधबार फ्रान्सको पेरिसस्थित अस्पतालमा भर्ना भएको उनका प्रवक्तालाई उद्धत गर्दै सिएनएनले जनाएको छ ।

‘द ब्लाक पर्ल’ को नामबाट ख्याति कमाएका ७८ वर्षीय पेलेको ‘युरिनरी ट्रयाक इन्फेक्सन’ भएको समाचारमा उल्लेख छ ।

पछिल्ला वर्षहरुमा स्वास्थ्यमा समस्या देखिएपछि पेले पटक—पटक अस्पताल भर्ना हुँदै आएका छन् । रसिया विश्वकप ताका पनि पेलेको स्वास्थ्यमा समस्या देखिएपछि उनको रसिया भ्रमण स्थगन भएको थियो ।

यस्तै, बुधबार अस्पताल भर्ना भएका पेलेलाई अस्पतालले २ दिनमा डिस्चार्ज गर्ने बताएको छ । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेको कार्यक्रममा सहभागी हुन पेले फ्रान्स पुगेका थिए ।

तीन पटक विश्व कप फुटबल ब्राजिलले जित्दा नायक बनेका पेले विश्व फुटबलका महान खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट खेल्दै सन् १९६८, १९६२ र १९७० को विश्व्कप जिताएका थिए ।