पवन चाम्लिङ नेतृत्वको सिक्किम सरकारको ऐतिहासिक फैसला, हरेक घरलाई सरकारी नौकरी दिने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

पवन चाम्लिङ नेतृत्वको सिक्किम सरकारको ऐतिहासिक फैसला, हरेक घरलाई सरकारी नौकरी दिने



ईन्द्र कमल जैरू /नयाँ दिल्ली 

भारतमा पवन चाम्लिङ नेतृत्वको सिक्किम सरकारले ऐतिहासिक फैसला गर्दै हरेक घरलाई सरकारी नौकरी दिने भएको छ । शनिवार एक ऐतिहासिक निर्णय गर्दै राज्यका मुख्यमन्त्री पवन चाम्लिङले एक परिवार एक सरकारी जागिर योजनाको थालनी गर्नु भएको छ ।

राजधानी गंगटोकको पाल्जोर स्टेडियममा रोजगार मेला २०१९ को आयोजना गर्दै सिक्किम सरकारले करिब १२ हजार बेरोजगार युवक-युवतीहरुलाई अस्थायी नौकरीको नियुक्ती पत्र पनि दिएको छ । समग्र 32 विधानसभा क्षेत्रका २/२ युवाहरुलाई मुख्यमन्त्री पवन चाम्लिङले स्वयम नियुक्ती पत्र हस्तान्तरण गर्नु भएको थियो। यस योजना अन्तरगत कूल २० हजार युवाहरुलाई नौकरी दिने लक्ष्य राखिएको छ भने बाँकी युवाहरुलाई फरवरीको दोरुाो साता पुन: रोजगार मेलाको आयोजना गरिनेछ ।

समारोहमा बोल्दै मुख्यमन्त्री चाम्लिङले सिक्किम सरकारको एक परिवार, एक नौकरीको योजना नकेवल देशका लागि साथै पुरै वि•ाका लागि उदाहरणीय भएको बताउनु भएको छ । उहाले विपक्षी दलतर्फ इशारा गर्दै कुनै पनि पद सानो र ठूलो नहुने भएकाले कसैको भनाईमा नआएर नौकरीको सम्मान गर्दै आफ्नो परिवार र राज्यको विकासमा योगदान गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्रीले सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) सरकार “बेरोजगारी मुक्त सिक्किम’ को सपना साकार गर्न प्रतिवद्ध रहेको बताउनु भयो । जानकारीका अनुसार पहिले पाँच वर्षसम्म अस्थायी नौकरी हुने र त्यसपछि स्थायी गरिनेछ । यस योजना अन्तरगत सरकारी नौकरी नपाएका परिवारका सदस्यले नौकरी पाउनेछन।