पल शाहको बयान: सँगै बसेको हो, बलात्कार गरेको होइन' - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

पल शाहको बयान: सँगै बसेको हो, बलात्कार गरेको होइन’



नाबालिक गायिकालाई करणी गरेको आरोपमा प्रहरीको हिरसतमा हरेका नायक पूर्णबिक्रम शाहले बयानमा आफूले बलात्कार वा बलात्कारको कुनै पनि प्रयास नगरेको दाबी गरेका छन्।

सरकारी वकिल र प्रहरीको संयुक्त अनुसन्धान टोलीसँग उनले सुटिङका लागि उक्त क्षेत्रमा पुगेको र होटलमा पनि बसेको तर त्यस्तै कुनै शारिरीक सम्बन्ध नभएको भन्दै आरोप इन्कार गरेका छन्।

उनले ती नाबालिग गायिकासँग बसेको र साथीको सम्बन्ध भएको तर अपराध नै गर्ने कुनै आफ्नो मनसाय समेत नभएको दाबी गरेका छन्। उनले यस्तो आरोप निराधार भएकाले अभियोगबाट सफाइ पाउनुपर्ने दाबी गरेका छन्।

शाहले आफूमाथि गलत आरोप लगाएको र फसाउने षडयन्त्रकासाथ आरोप लगाइएको दाबी समेत गरेका छन्। उनले पीडितसँग धेरै कार्यक्रम र सुटिङमा सँगै भएको तर, अपराधजन्य कार्य आफूले नगरेको बयान दिएका छन्।

तर, पीडितको परिवारले भने शाहले विवाहको प्रलोभन देखाएर यौन शोषण गरेको दाबी गरेको छ। अनुसन्धानका क्रममा चिकित्सकीय परीक्षणमा पनि पीडितको आरोपलाई सर्मथन गर्ने रिपोर्ट प्राप्त भएको दाबी गरिएको छ।