राष्ट्रिय पत्रीका जलाएको आरोपमा चार जना पक्राउ - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

राष्ट्रिय पत्रीका जलाएको आरोपमा चार जना पक्राउ



हिमाल पोस्ट / कैलाली ।

कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा गत बुधबार बिहानै राजधानीको विरोधमा समाचार छापेको भन्दै विभिन्न राष्ट्रिय पत्रीकाहरु जलाएको आरोपमा अत्तरियाका चार जना युवाहरु पक्राउ परेका छन् ।

सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरीका विषयमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै अन्नपूर्ण पोष्ट , कान्तिपुर र नागरिक दैनिक पत्रीकाहरु जलाएको आरोपमा अत्तरियाका मुन्ना वि.क , दुर्गा अधिकारी , धर्म कुबर र धर्मानन्द नाथलाई आज जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

चारै जना अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेको र जाहेरी प्राप्त गरेपछि सामाजिक कसुर अन्तरगत कारबाही गरीने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी गोदावरीको तेघरीमा राख्ने निर्णय भएपछि चुरे खतरामा, बाघको बाटोमा राजधानी लगायतका भ्रामक शीर्षकहरुमा समाचार छापेको भन्दै स्थानीयले पत्रिका जलाएका थिए ।