राजनिति गर्न निर्वाचनमा उमेद्वारी दिने पत्रकारले पत्रकारिता पेसा छोड्नु पर्ने महासंघको निर्णय
काठमाडौं, २९ जेठ
नेपाल पत्रकार महासंघले स्थानिय निर्वाचनमा उमेद्वार भएका पत्रकारहरु पत्रकारिता पेसाबाट अलग रहने निणर्य गरेको छ । राजनिति र पत्रकारितालाई संगै लैजाँदा स्वार्थ बाझिने भन्दै महासंघले उमेद्वारी दिएका पत्रकारहरु महासंघमा नरहेने गरि सो निर्णय गरेको हो ।
आईतबार एक प्रेश बिज्ञप्ती जारी गर्दै महासंघले उमेद्वारी दिने पत्रकारहरुलाई नैतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारितावाट अलग रहेको आफु स्यंमले नै घोषणा गर्न पनि अनुरोध गरेको छ । बिज्ञप्तीमा उल्लेख भए अनुसार यस बिषयमा महासंघले गरेका निणर्यहरु:
१) नेपाल पत्रकार महासंघका कुनै पनि तह ९केन्द्र, प्रदेश, जिल्ला० कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासंघको विधानको अक्षर र भावना बमोजिम उम्मेदवार हुनु अघि महासंघको कार्य समितिबाट राजीनामा गर्नुहुन आग्रह छ । राजीनामा नगरी उम्मेदवार भएमा कार्य समितिको पद स्वतः रिक्त भएको मानिने छ ।
२) महासंघ कार्य समितिमा रहेका बाहेक अन्य पद वा साधारण सदस्य रहिरहेका व्यक्तिका हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नौतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयं घोषणा गर्न महासंघ आव्हान गर्दछ । यस सन्दर्भमा नीतिगत छलफल आगामी महाधिवेशनमा समेत हुने केन्द्रीय समितिको विश्वास छ ।