समाचार कपि गर्ने पत्रकार पक्राउ ! - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

समाचार कपि गर्ने पत्रकार पक्राउ !



काठमाडौं । प्रहरीले एकजना पत्रकारलाई अनलाइन पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर पक्राउ गरेको छ ।

ललितपुरबाट प्रकाशित हुने खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई अनलाइनमा प्रकाशित समाचारकै आधारमा पक्राउ गरिएको छ ।
उनलाई प्रहरीले सोमबार आफ्नै निवासबाट हतकडी लगाएर लगेको थियो ।

दृष्टि साप्ताहिकमा भदौ १९ गते प्रकाशित ‘हरिसिद्धिको जग्गा गैरकानुनी रुपमा बिक्री गर्न सांसदहरुकै दबाब’ शीर्षकमा प्रकाशित समाचार शीर्षक परिवर्तन गरेर अनलाइनमा प्रकाशित गरेपछि उनीविरुद्ध उजुरी परेको थियो । बस्नेतले ‘जनप्रतिनिधि कि जग्गा दलाल ?’ शीर्षकमा उक्त समाचार अनलाइनमा प्रकाशित गरेका थिए ।

पत्रिका र अनलाइन दुवैमा सांसद पम्फा भुसाल र राजकाजी महर्जनको तस्बिर राखिएको छ । उक्त समाचार प्रकाशित भएपछि सुशील खनालले उजुरी दिएका थिए । प्रहरीका अनुसार अदालतले पक्राउ गर्नू भन्ने आदेश दिएपछि पक्राउ गरिएको हो । उनलाई थप ५ दिन हिरासतमा राखिने प्रहरीले जनाएको छ ।