पत्रकार महासंघ कैलाली शाखाद्बारा खाद्यान्न सहयोग
कैलाली । पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा जिल्ला पत्रकार महासंघ कैलाली शाखाद्बारा धनगढीमा रहेकोे दृष्टि फाउण्डेसनलाई खाद्यान्न सहयोग गरिएको छ ।
पत्रकार महासंघ कैलाली शाखाले स्थापना दिवसको अवसरमा मानसिक सन्तुलन ठिक नभएका महिलाहरुलाई आश्रय दिदै आएको फाउण्डेसनलाई खाद्यान्न सहयोग गरिएको जिल्ला पत्रकार महासंघ कैलालीका अध्यक्ष जगद साउँदले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको दृष्टि फाउण्डेसनलाई ४ बोरा चामल, १० किलो दाल, ५ पोका तेल र ४ पोका नुन सहयोग गरेको उनले बताए ।
फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टलाई खाद्यान्न हस्तान्तरण गरिएको हो ।
खाद्यान्न हस्तान्त्रण कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउद,सह सचिव श्रबण देउवा, कोषाध्यक्ष , हिमाल जोशी, क्षेत्रीय पार्षद् मनोमहन स्वार र विरेन्द्र रावल लगायतको सहभागिता रहेको थियो ।