पत्रकारहरुको होली बुटवलमा सम्पन्न ! - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

पत्रकारहरुको होली बुटवलमा सम्पन्न !



तिलक सुबेदी /फागुन ३० ,बुटवल 

तराई होलीका अवसरमा सोमबार विभिन्न संघ संस्थाहरुले  होली मिलन कार्यक्रम सम्पन्न भएका छन । यसैक्रममा आज बुटवलमा पत्रकारसम्बद्ध संघ संस्थाहरुले पनि होली मिलन कार्यक्रम गरेका छन् । यसैक्रममा नेपाल प्रेस युनियन रुपन्देही, प्रेस सोसाईटि रुपन्देही र संघिय पत्रकार परिषदले पनि आज बुटवलमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि संसद अब्दुल रज्जाकले होली पर्वले समाजिक सद्भाव कायम गर्ने बताउदै एक आपसमा मिलेर अघि बढ्न प्रेरणा मिल्ने पनि बताउनु भयो ।नेपाली कांग्रेस रुपन्देहीका सभापती समेत रहनु भएका रज्जाकले होली पर्वले संविधानको कार्यानयन घोषित निर्वाचन सम्पन्न गर्नका लागि राजनितिक नेतृत्वलाई प्ररणा मिल्ने भन्दै संचार जगतको एकताको पनि कामना गर्नु भयो ।

नेपाल प्रेस युनियन रुपन्देहीका सभापती बिक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टिका नेता अशोक पुन, जनशक्ति पार्टिका केन्द्रिय सदस्य महेन्द्र भुषाल, नेपाल पत्रकार महासघ रुपन्देहीका पुर्व सभापती हरि लम्शाल, बुटवल उद्योग बाणिज्य सघका अध्यक्ष महेशमान सिंह, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दघि खरेल, पश्चिमाञ्चल यातायत व्यवसायी समितिका निर्वतमान अध्यक्ष लोकराज पोख्रेल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारी लगायतले होली पर्वका अवसरमा कार्यक्रम आयोजना गरेर संचार सम्बद्ध संगठनहरुले समाजिक एकताको सन्देश दिएको बताएका थिए । प्रेस सोसाईटीका अध्यक्ष रमेश पोख्रेलको संचालन, संघिय पत्रकार परिषदका केन्द्रिय सचिव सोनु थापको स्वागत र कार्यक्रम संयोजक अमृत पाण्डेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।