अर्घाखाँचीमा जिल्लाका क्रियाशील पत्रकारहरु सम्मानित
हिमाल पोस्ट संवाददाता/अर्घाखाँची फाल्गुन ८
नेपाल निजामती कर्मचारी युनियन संघको सन्धिखर्कमा शुरु भएको जिल्ला अधिबशनको क्रममा शनिबार अर्घाखाँची जिल्लामा क्रियाशील पत्रकारहरु सम्मानित भएका छन ।
जिल्लाको पत्रकारीता क्षेत्रको विकसको लागि उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरि सम्मान गरिएको हो ।
कर्मचारी युनियनले कान्तीपुर टेलिभिजनका रुद्रमणी भुसाल, प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्य भुसाल, नयाँ एफएमका स्टेसन म्यानेजर हरि भुसाल, अर्घाखाँची टेलिभिजनका तेजेन्द्र पाण्डे, अर्घाखाँची टाईम्सका नविन केसी र कारोबार दैनिकका घनश्याम पौडेललाई सम्मानित गरेको हो ।