स्पेनका दुई चर्चित पत्रकारको कोरोनाका कारण ज्यान गयो - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

स्पेनका दुई चर्चित पत्रकारको कोरोनाका कारण ज्यान गयो



एजेन्सी- प्राणघातक कोरोना (कोभिड–१९) भाइरसका कारण स्पेनका दुई चर्चित खेल पत्रकारको ज्यान गएको छ ।

प्राणघातक कोरोना (कोभिड–१९) भाइरसका कारण स्पेनका दुई चर्चित खेल पत्रकारको ज्यान गएको छ ।

कोरोना भाइरस संक्रमणबाट ५९ वर्षका जोसे मारिया क्यान्डेला र ७८ वर्षका टोमस डियाज भाल्डेसको मृत्यु भएको अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ एआइपीएसले उल्लेख गरेको छ ।

कोरोना भाइरसको केन्द्रविन्दु यतिबेला युरोप बनेको छ । युरोपमा कोरोना संक्रमित र मृतकको दर तीव्र गतिमा फैलिरहँदा स्पेनमा हालसम्म २४ हजार ९२६ कोरोनाबाट संक्रमित छन् । हालसम्म त्यहाँ एक हजार ३२६ को मृत्यु भइसकेको छ ।